तस्वीरमा सौराहाको रौनकः घुम्ने हैन एकपटक ?
२३ साउन, काठमाडौं । विश्वमै सुन्दर देश
नेपालमा घुमफिरका लागि धेरै रमणीय ठाउँहरु छन् । साहसिक पर्यटन, जल पर्यटन,
वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै
प्रसिद्ध छ । यी प्रशिद्ध ठाउँमध्येको एक हो- चितवनको सौराहा ।
करिव ४० प्रतिशत वनजंगलले ढाकेको नेपालको
मध्य क्षेत्रमा पर्ने चितवनको सौराहा नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो ।
चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रसिद्ध छ ।
सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र
त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु,
वन्यजन्तुहरु हेर्नु, राप्ती नदीमा डुंगा सयर गर्नु, सूर्यास्त हेर्नु,
थारु समुदायको मौलिक सँस्कृतिको अवलोकन गर्नु सौराहाका विशेषता हुन् ।
सौराहाको मुख्य आकर्षण हात्ती सफारी हो ।
हात्ती सफारी गर्दा जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी,
बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छीहरु हेर्न पाइन्छ । साथै जंगलभित्र देखिने घाँसे मैदानहरु पनि मनमोहक हुन्छन् ।
सौराहामा डुंगा चढेर सफारी गर्नु आकर्षक पक्ष हो । राप्ती नदीमा डुंगा सयर गर्दा गोही, माछा, गैंडा, चराचुरुङ्गी हेर्न पाइन्छ ।
साथै, सूर्यास्त पनि सौराहाबाट देख्न
सकिन्छ । सौराहाको अर्को आकर्षण हो, थारुहरुको सांस्कृतिक नाच । थारु
समुदायको मौलिक संस्कृतीक परम्परा, रहन-सहनबारे पनि सौराहा पुगेपछि जान्न
बुझ्न पाइन्छ । सौराहा पुग्ने मान्छे थारु कल्चरल डान्स नहेरि फर्किएमा
उसको भ्रमण अधुरो नै रहन्छ ।
No comments: